Looking For Anything Specific?

Header Ads

फोर्ब्सको अर्वपति सूचीमा २७५५ जना, अमेजन सीईओ बेजोस चौथो पटक शीर्ष स्थानमा

फोर्ब्सले सार्वजनिक गर्ने विश्वका अर्वपतिहरुको वार्षिक सूचीमा दुई हजार ७५५ जना अर्बपतिहरु अटाएका छन् ।

मंगलबार सार्वजनिक भएको सूचीमा अमेजन कम्पनीका संस्थापक तथा सीईओ जेफ बेजोस लगातार चौथो वर्ष पनि पहिलो स्थानमा रहेका छन् ।

कोरोना भाइरस महामारीले विश्वको अर्थतन्त्र तथा जनजीवनलाई तहस नहस बनाएको वर्ष सन् २०२० मा विश्वमा अर्बपतिहरुको संख्या भने बढेको फोर्ब्सको रिपोर्टमा उल्लेख छ ।

यो वर्षको फोर्ब्स अर्बपतिको सूचीमा संलग्न २ हजार ७५५ जनाको  कूल सम्पत्ति १३.१ ट्रिलियन रहेको छ, जुन अघिल्लो वर्ष ८ ट्रिलियन डलर थियो ।

फोर्ब्सका चिफ कन्टेन्ट अफिसर र्‍यान्डल लेन भन्छन् – धेरै धनीहरु झनै धेरै धनी बने ।

अर्बपतिको सूचीको दोश्रो स्थानमा टेस्ला कम्पनीका सीईओ एलन मस्क रहेका छन् । गत वर्षको सूचीमा उनी ३१औँ स्थानमा थिए ।

त्यस्तै लक्जरी सामान उत्पादन कम्पनी एलभिएमएचका सीईओ बर्नार्ड आर्नल्ट तेश्रो, माइक्रोसफ्टका संस्थापक बिल गेट्स चौथो र फेसबुक सीईओ मार्क जुकरबर्ग पाँचौ स्थानमा रहेका छन् ।

अर्बपति वारेन बफेट पहिलोपटक अर्बपतिहरुको टप फाइभको सूचीबाट बाहिरिएका छन् । फोर्ब्सको अर्बपतिको वार्षिक सूचीको टप फाइबाट बफेट दुई दशकमा पहिलोपटक बाहिरिएका हुन् ।

यो पटकको अर्बपतिको सूचीमा ४९३ जना नयाँ अर्बपतिहरु थप भएका छन् । त्यसमा डेटिंग एप बम्बलका सीईओ हि्वट्नी वल्फे हर्ड पनि रहेका छन् ।

रोयटर्सबाट



source https://www.onlinekhabar.com/2021/04/943715

Post a Comment

0 Comments