Looking For Anything Specific?

Header Ads

उवासंघको उद्योग समिति विस्तार

१४ माघ, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको उद्योग समिति विस्तार भएको छ । भरतराज आचार्यको सभापतित्वमा रहेको उद्योग समितिमा सहसभापति र सदस्यहरु थपेर विस्तार गरिएको हो ।

समितिको सहसभापतिमा महासंघको कार्यकारिणी समिति सदस्य सुशील थापा चुनिएका छन् ।

समितिका सदस्यहरुमा पञ्चकन्या ग्रुपका उज्जल श्रेष्ठ, प्लास्टिक तथा टेक्सटाइल इन्डष्ट्रिजका वीरेन्द्र साह, पेट्रोकेमिकल तथा नेपाल ग्यास इन्डष्ट्रिजका गोकुल भण्डारी, स्ट्राटेजिक म्यानेजमेन्ट एक्सपोर्टका आशिष शर्मा, प्रगति टेक्सटाइलका जीतेन्द्र लोहिया, नेपाल बोटलर वाटर इण्डष्ट्रिज एशोसिएसनका अध्यक्ष सुवास भण्डारी र नेपाल औषधि उत्पादक संघका विप्लव अधिकारी चुनिएका छन् ।

समितिको आमन्त्रित सदस्यहरुमा सन्दीपकुमार अग्रवाल, अन्जन न्यौपाने, प्रतीक श्रीवास्तव, सुरज उप्रेती, धनप्रसाद लामिछाने, अमुल श्रेष्ठ, अभिशेक श्रेष्ठ, ईश्वर जीसी, प्रभात रुङटा, विराट शमसेर जबरा, कृष्ण फुयाल, पशुपति बहादुर खड्का, विमल रिजाल र विशेषविभु आचार्य छन् ।

यसैगरी समितिको सल्लाहकारमा अग्नि सिमेन्टका डा. ई. तारा पोखरेल, ओम ग्यासका हरिप्रसाद पाठक, सम्रान्ट सिमेन्टका मुकुन्द तिमिल्सिना, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वकार्यकारिणी समिति सदस्यद्वय रामशरण थपलिया र शैलेन्द्रलाल प्रधान छन् ।



source https://www.onlinekhabar.com/2021/01/926791

Post a Comment

0 Comments