भान्सामा पाईने विभिन्न मरमसलामा औषधिय गुण हुन्छ । यसले हाम्रो शरीरमा प्रतिरक्षा प्रणाली एवं ब्याधि क्षमतालाई ससक्त बनाउँछ । यसका लागि गुर्जो, दालचिनी, जीरा, धनिया, बेसार, लसुन, ज्वानो, असुरो, तुलसी, अमला, आदि उपयोग गर्न सकिन्छ ।
यी जडिबुटी हरूको उपयोग कसरी गर्ने ?
क. गुर्जोको उपयोग गर्दा आप्mनो हातको भित्ताले एक भित्ता (१० देखि १५ से.मी.) लामो ताजा गुर्जोको डाँठ लाई राती सिलौटोमा कुटेर एक गिलास पानीमा हालेर छोडिदिनुहोला र यो पानीलाई भोली पल्ट बिहान कपडाले छानेर पिउनु होला। गुर्जोको धुलो (गुडूची चुर्ण)प्रयोग गर्नुहुन्छ भने ५ ग्राम गुडूची चुर्णलाई एक गीलास तातो पानीमा हालेर छोपिदिनुहास । छोपेको ५ मिनेट पश्चात यो औषधिलाई बिस्तारै स्वाद लिदै पिउनु होस ।
ख. तीन ग्राम दालचिनीको धुलोलाई एक गिलास तातो पानीमा हालेर पिउदा वा बजारमा उपलब्ध दालचिनीको एउटा क्यापसुल राती सुत्ने बेलामा खादाँ पनि रोग प्रतिरोधक क्षमता बढ्दछ ।
ग. जीरा, धनिया, बेसार, लसुन, ज्वानो जस्ता जडिबुटीहरूलाई खानामा समाबेस गरौ ।
घ. जडिबुटी काँडाको प्रयोग : आधा लीटर पानीमा १ ग्राम (एक चुट्की) मरिच, १ग्राम सूठो, १ग्राम दालचिनी, एवं १ चिया चम्चा सख्खर हालेर उमाल्नुहोस । सबै जडिबुटीहरू मजाले पाकीसके पछि १० वटा तुलसीको पातलाई त्यस घोलमा हालेर ढाकी दिनुस । यसरी बनेको काढालाई ५ मिनेट पश्चात तात्तातौ पिउनुस । यो काढाले प्रतिरक्षा प्रणलीलाई मजबुत पार्नुका साथै कफ फटाउने एवं गला बसेको, घाटी दुखेको, निको पार्दछ ।
ङ. अचानक रुघामर्की ले सताई हाल्यो भने मरिच, सूठो र सख्खरलाई एकसाथ उमालेर चूल्होबाट निकालीसके पश्चात तातौ घोलमा एउटा असूरोको पातलाई राम्रो संग धोएर स साना टुक्रा बनाएर उक्त घोलमाहालेर छोपि दिनुहोस । यसरी बनेको काढालाई ५ मिनेट पश्चात तात्तातौ पिउनुहोस ।
च. ५ ग्राम अमलाको चुर्णलाई वा त्रिफला चूर्णलाई एक गीलास तातो पानीमा हालेर छोपिदिनुहास । छोपेको ५ मिनेट पश्चात यो औषधिलाई बिस्तारै स्वाद लिदै पिउनु होस । यसरी बनाएको औषधि दैनिक २ देखि ३ चोटी पिउनुहोस।
छ. एक गिलास दुधमा १देखि २ ग्राम शुद्घ बेसार हालेर राती सुत्ने बेलामा पिउनुहोस । यो विधिले पनि प्रतिरक्षा प्रणालीलाई मजबुत पार्दछ ।
ज. आधा आधा घण्टामा एक –एक गिलास मनतातो पानी पिउदै रहनु होला ।
व्यक्तिगत स्वच्छताको कति महत्व
संक्रामक रोगहरूको सम्बन्ध व्यक्तिगत स्वच्छतासंग छ । हात र खुट्टाको सरसफाईका लागि नियमित साबुन पानीले हात गोडा धोईरहनु पर्दछ भने नाक, मुख एवं गलाको सफाईका लागि भने जलनेती, कुञ्जल, वाष्प ग्रहण, एवं नाक एवं मुखमा घ्यू वा तेल स्नेहन जस्ता विशेष चिकित्सयि विधिहरू अपनाउन ससकिन्छ ।
क. जलनेतिः उमालेर सेलाउदै गरेको १ लीटर मनतातो पानीमा १५ ग्राम नुन हालेर नुनलाई पुरै घुल्न दिनुहोस।अब यो मनतातो पानीलाई जलनेती पात्र वा पानीखाने करूवामा हालेर एउटा नाकको प्वालबाट हालेर अर्को नाकबाट निस्कन दिनु पर्दछ र एउटा नाकबाट हाली सकेपछि अर्को नाकबाट पनि गर्नु पर्दछ । । यसो गर्दा नाक पुरौ सफा हुन्छ । यो विधि नितान्त प्राविधिक भएकाले दक्ष प्रविधिक संग सिकेर मात्र अपनाउनु होला ।
ख. कुञ्जलः कुञ्जल पेट एवं गला सफा गर्ने विधि हो । यसका लागि डेढ देखि दूई लीटर उमालेर सेलाउदै गरेको मनतातो पानीको आवश्यकता पर्दछ । मनतातो पानीमा ठिक्क नुन हालेर घोल्नु पर्दछ । नुन पुरै घुलिसकेपछि टुक्रूक्क बसेर सबै पानी छिट्छिटो घटघट पिउनु पर्दछ । पिउने वित्तिकै उभिएर मुखमा हातको औला हालेर पुरै पानी छादिदिनु पर्दछ ।। यो पनि नितान्त प्राविधिक विधि भएकाले दक्ष प्रविधिक संग सिकेर मात्र अपनाउनु होला ।
ग. वाष्प ग्रहणः उम्लीएको पानीमा सञ्चो वा पुदिनाको पात वा तुलसीको पात हालेर सो पानीको वाष्प ग्रहण गर्नु पर्दछ ।वाष्प ग्रहण गर्दा वाफलाई एकत्रित गर्न कम्बलले मूख छोप्नु पर्दछ । आजकाल बजारमा फेसियल सोनाको नामले वाष्प यन्त्रहरू पनि पाईन्छन ।
घ. नाकमा घ्यू वा तेल हाल्ने : दैनिक दूई पल्ट दुबै नाकमा दूई–दूई थोपा तीलको तेल वा नरिवलको तेल, वा तोरीको तेल वा गाईको घ्यू हाल्ने गर्नुस । यसले नाकमा संक्रमण हुन दिदैन ।
ङ. तेल वा घ्यूले कुल्ला गर्ने : ठूलो चम्चाको एक चम्चा तोरी, तील वा नरिवलको तेल वा गाईको घ्यूलाई मुखमा हालेर ३ मिनेट सम्म कुलुकुलु गरिरहनुहोला । तीन मिनेट पछि यो तेल वा घ्यूलाई ननिली कन सबै थुकि दिनुहोला । एकछिन पछि मनतातो पानीले मुख कुल्ला गर्नुहोला । यी विधिले पनि भाईरसको संक्रमण बाट बचाउदछ ।
source https://www.onlinekhabar.com/2020/04/857779
0 Comments