Looking For Anything Specific?

Header Ads

एयरफोन : रोगको कारण त बनिरहेको छैन ?

सन् १९१० मा पहिलो पटक एयरफोन प्रयोगमा आएको थियो । सबैभन्दा पहिला एयरफोनलाई संगीतप्रेमिहरुमाझ सार्वजनिक गरिएको थियो । एयरफोन दोस्रो विश्वयुद्धको क्रममा धेरै लोकप्रिय भएको मानिन्छ ।

सन् २००१ देखि भने एयरफोनको प्रयोग विस्तारै–विस्तारै बढ्न थाल्यो । एयरफोनको प्रयोग त्यो समयमा झन धेरै बढ्न थाल्यो, जब हरेक स्मार्टफोनहरुको खरिदमा एयरफोन दिन थालियो ।

आज बाजारमा विभिन्न ब्रान्डहरुका एयरफोनहरु उपलब्ध छन् । जसका कारण कुन कम्पनीको एयरफोन छनोट गर्ने भन्ने दुविधा बढ्न थालेको छ । हिजोआज बजारमा त तारबिनाका एयरफोन अर्थात कोर्डलेस एयरफोनहरु पनि उपलब्ध छन् । यसलाई प्रयोग गर्न स्मार्टफोनको ब्लूटूथ अन गरेर तारको झन्झट बिना नै एयरफोनको आनन्द लिन सकिन्छ । त्यस्ता एयरफोनहरु गुणस्तरमा समेत एक से एक छन् । एयरफोन निर्माण गर्ने कम्पनीहरु आवाज बाहिरसम्म आउने र कानको भित्र भएको एयरबडहरुको गुणस्तरमा विशेष ध्यान दिन थालेका छन् ।

स्मार्टफोन अथवा एयरफोन खरीद गर्नाका लागि हिजोआज अनलाइन बजार एउटा राम्रो विकल्प भएको छ । किनभने तपाईंले आफ्नो एउटा औंलाको भरमा आफुलाई मन परेको प्रोडक्टको बारेमा विस्तृत जानकारी लिन सक्नु हुन्छ ।

हिजोआज बजारमा ब्लूटूथ वाला एयरफोनहरु पनि उपलब्ध छन्, जसलाई तारको झन्झट बिना प्रयोग गर्न सकिन्छ  । त्यस्ता इयरफोनहरुको मुल्य ५०० रुपैयाँदेखि ५ हजार रुपैयाँसम्म पर्छ, जुन त्यसको गुणस्तर अनुसार बढ्दै जान्छ । एउटा साधारण एयरफोन ३०० देखि ७०० रुपैयाँसम्म पाइन्छ ।

हिजोआज एयरफोनलाई अझ आधुनिक बनाएर, त्यसको रुपमा परिर्वतन गरेर,  त्यसलाई हेडफोनको नाममा परिवतित गरिएको छ । त्यस प्रकारका हेडफोन शैलीका एयरफोनका प्रयोगकर्ता एयरफोन बडहरु बारम्बार खसिरहने झन्झटबाट मुक्त हुन्छन् ।

त्यसो त एयरफोन अथवा हेडफोन मध्ये कुन धेरै आरामदायक छ भन्ने कुरा ग्राहकहरुको आफ्नो प्रकृतिमा निर्भर हुन्छ । ग्राहकहरुमा एउटा वर्ग त्यस्तो पनि छ, जसले एयरफोन लगाउदा नै अति आराम महसुस गर्छन् । त्यस्तै तार खसिरहने झन्झटका कारण अर्को वर्गले हेडफोन प्रयोग गर्न मन पराउँछन् । त्यसो त हिजोआज यस्ता प्रकारका यन्त्रहरु बजारमा तिव्रताका साथ विक्रि हुन थालेका छन् ।

एयरफोन प्रयोगका फाइदाहरु

एयरफोन प्रयोग गर्नुका विभिन्न फाइदाहरु छन् । यदि तपाईंले स्मार्टफोनमा कुनै फिल्म हेरिरहनुभएको छ भने त्यसले तपाईंलाई अत्यन्त मधुर र स्पष्ट आवाज प्रदान गर्छ ।

ठिक त्यहि कुरा भिडियो कलमा पनि लागू हुन्छ । यदि तपाईंले एयरफोन लगाएर कल गर्नु भयो भने गुणस्तरीय आवाज आउँछ ।

कुनै पनि प्रकारको संगीत सुन्दा एउटा गुणस्तरीय एयरफोनको भुमिका धेरै ठुलो हुन्छ । किनभने एयरफोनले हामीलाई त्यस्ता ध्वनीहरु हाम्रो कानमा प्रेषित गर्छ,  जुन शायद एयरफोन बिना हामी सुन्न सक्दैनौ ।

एयरफोन प्रयोगका वेफाइदाहरु

आज विज्ञानले जे आविष्कार गरेको छ, ती कुराहरुले हाम्रो जीवन धेरै नै सजिलो बनाइदिएको छ तर यसको हामीले ठूलो मुल्य पनि चुकाउनु परेको छ । जसरी हरेक सिक्काको दुई पाटा हुन्छ, त्यसरी नै राम्रोसंग नराम्रो पनि अवश्य हुन्छ । एयरफोन पनि यसको अपवाद छैन ।

एउटा सर्वेक्षण अनुसार लगातार एयरफोनको प्रयोगले कान भित्र ब्याक्टेरियाको संख्या बढ्दै जान्छ ।

अरु व्यक्तिले प्रयोग गरेको एयरफोनलाई हामीले सोचविचार नगरीकन प्रयोग गछौं,  तर अन्य व्यक्तिले प्रयोग गरेको एयरफोन आफुले प्रयोग गर्दा इन्फेक्सनको सम्भावना अत्यन्त धेरै हुन्छ  । त्यसैले हामीले सधैं आफ्नो इयरफोनमात्र प्रयोग गर्नु पर्छ ।

एयरफोन बडलाई लगातार काममा लगाइ राख्नाले कानमा पीडा पनि हुन सक्छ साथै कान पनि सुन्निन सक्छ । एयरफोनको सबैभन्दा ठुलो हानी भनेको सडकमा एयरफोन लगाएर हिंडेका व्यक्तिहरु दुर्घटनाको शिकार भएको पाइन्छ ।

मानिसहरु एयरफोनमा लगाएपछि यति धेरै त्यसमा व्यस्त हुन्छन्, उनीहरुलाई संसारको कुनै मतलबै हुँदैन । एयरफोन लगाए पछि न उसले बसको हर्न सुन्छ न कसैको आवाज । जसका कारण उसले आफ्नो जीवन पनि गुमाउन सक्छ । त्यसैले एयरफोनको प्रयोग ड्राइभिङ र सडकमा हिड्दा गर्नु हुँदैन ।

दिमागमा हुने नोक्सान

वैज्ञानिकहरुका अनुसार एयरफोन प्रयोग गर्दा त्यसबाट विद्युतिय चुम्बकीय तरंगहरु निस्कन्छन्, जसले हाम्रो दिमागको कोशिकाहरुलाई नोक्सान पु¥याउँछ । केही आधुनिक एयरफोन त्यस्ता पनि छन्, जुन कान भित्रै पस्छन् र त्यसले दिमागलाई नोक्सान पनि पु¥याउन सक्छ ।

यदि हामी ९० डेसिबलमा कुनै ध्वनी प्रतिदिन ४ घण्टा सुन्छौं भने हाम्रो कानलाई नोक्सान हुन सक्छ । त्यसैले संगीत सुन्दा हामीले आवाजको विशेष ध्यान दिनु पर्छ र निश्चित अन्तरालमा कानलाई विश्राम पनि दिनु पर्छ ।

एयरफोनको प्रयोगले हुने सबैभन्दा ठुलो नोक्सान भनेको यसले अहिलेका युवाहरुलाई एकोहोरो बनाइदिएको छ ।  अहिले बस र माइक्रोहरुमा यात्रा गर्ने युवावर्गहरु आफ्नो कानमा एयरफोन हाल्छन् र आफुमै डुबिरहेका हुन्छन् ।

निश्चित रुपान एयरफोनद्वारा मोबाइल अथवा कम्प्यूटरमा संगीत सुन्न र भिडियो हेर्नु एउटा राम्रो अनुभव हो, तर जुन कुराको पनि एउटा सीमा हुन्छ । त्यो एयरफोन प्रयोगमा पनि छ । त्यसैले हामी सही र गलतबीचको सीमा बुझ्नु पर्छ । यसो भयो भने मात्र हामीले प्रविधिको सही आनन्द उठाउन सक्छौं ।



source https://www.onlinekhabar.com/2020/04/850628

Post a Comment

0 Comments