Looking For Anything Specific?

Header Ads

गौर नगरपालिकाले बाँड्यो पाँच हजार परिवारलाई राहत

२३ चैत्र, रौतहट । कोरोना भाइरस (कोभिड-१९) रोकथामका लागि सरकारले गरेको लकडाउनकोले समस्यामा परेका नागरिकलाई गौर नगरपालिकाले राहत वितरण गरेको छ ।

दैनिक ज्यालादारी गर्ने, अतिविपन्न तथा दलित समुदायका पाँच हजार परिवारलाई राहत वितरणको काम सुरु गरिएको नगरपालिकाका मेयर अजय गुप्ताले जानकारी दिए ।

नगरपालिकाले प्रतिपरिवार १५ किलो चामल, तीन किलो दाल, चार किलो आलुसहित खाने तेल र नून वितरण गरेको हो ।

नगरक्षेत्रभित्र रहेका अतिविपन्न परिवारलाई कम्तीमा एक सातासम्म पुग्ने गरी चरणबद्ध रुपमा खाद्यान्न वितरण गरिरहेको मेयर गुप्ताको भनाइ छ ।

नगर क्षेत्रभित्र कोठा भाडामा बसिरहेका र आर्थिक रुपमा विपन्न रहेका पाँच सय परिवारलाई पनि राहतको व्यवस्थापन गरिएको मेयर गुप्ताले बताए ।

गौर नगरपालिकाले ९ वटै वडामा वडाअध्यक्षको सहभागितामा राहत बाँडिएको उनले बताए ।

लकडाउनका कारण बजार व्यापार बन्द भएपछि हातमुख जोर्नै समस्यामा परेका दलित, विपन्न र गरीबहरुको लागि रौतहटको परोहा, गौर, गढिमाइ र मौलापुर नगरपालिकाले पनि खाद्यान्न वितरण गरिरहेका छन् ।

बैंकहरु दुई घण्टा सञ्चालन हुने

लकडाउनका कारण बन्द भएका बैंकहरु आजदेखि साताको तीन दिन दुई घण्टाका लागि सञ्चालनमा गरिने भएको छ ।

बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म आइतवार, मंगलबार र बिहीबारका बैंक सञ्चालन गरिने प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए ।

लकडाउनका कारण स्थानीयको आर्थिक अवस्था बिगि्रन थालेकोले हप्तामा तीन दिन व्यवस्थित रुपमा बैंक संचालन गर्न लगाउने निर्णय भएको उनको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालय रौतहटले बैंकहरुले प्रवेशद्वारमा अनिवार्य रुपमा सेनिटाइजरको व्यवस्था गर्ने, मास्क लगाएकालाई मात्रै प्रवेश दिने तथा एक पटकमा एक जनासँग मात्रै कारोबार हुने गरी दूरी निश्चित गर्न सबै बैंकलाई सूचित गरिएको छ ।



source https://www.onlinekhabar.com/2020/04/851347

Post a Comment

0 Comments