Looking For Anything Specific?

Header Ads

ज्वरो आएर भरतपुर अस्पताल भर्ना भएकी युवतीको मृत्यु

२१ चैत, चितवन । चितवनको भरतपुर अस्पतालमा ज्वरो र निमोनियाकी एक बिरामीको मृत्यु भएको छ ।

हेटौंडाबाट रिफर भएर आएकी सिन्धुलीकी २६ वर्षीया उषाकुमारी राईको शुक्रबार बिहान निधन भएको हो ।

गएराति १ बजे अस्पतालको आकस्मिक कक्षमा ल्याइएकी उनको आइसीयूमा उपचारको क्रममा मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेण्डन्ट डा. श्रीराम तिवारीले जानकारी दिए ।

उनको स्वाब परीक्षण हुन भने बाँकी छ । डा. तिवारीले मृतक राईको स्वाब परीक्षणका लागि निकाल्ने तयारी गरिएको बताए ।

मृतक राई सुरुमा हेटौंडा अस्पताल पुगेकी थिइन् । हेटौंडा अस्पतालले भरतपुर रेफर गरेको थियो ।

उनको ट्राभल हिस्ट्रीबारे भने अस्पतालले केही खुलाएको छैन ।



source https://www.onlinekhabar.com/2020/04/850657

Post a Comment

0 Comments