Looking For Anything Specific?

Header Ads

प्रधानमन्त्रीलाई सम्भवतः साँझसम्ममा डिस्चार्ज गर्छौं : चिकित्सक

१४ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

मुटुको चासमा समस्या देखिएपछि ओलीलाई बिहीबार साँझ साढे ११ बजे मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, महाराजगञ्जमा भर्ना गरिएको थियो ।

अस्पतालका डा. अरुण सायमीका अनुसार सम्भवतः उनलाई शुक्रबार साँझसम्ममै डिस्चार्ज गरिनेछ ।

‘हिजो मुटुको चालमा गडबडी भएर अस्पताल ल्याइएको थियो । आज जाँच गर्दा मुटु, रगत र पेटको रिपोर्ट सामान्य आयो’, उनले अनलाइनखबरसँग भने, ‘अहिलेकै जस्तो अवस्था रहिरह्यो भने उहाँलाई भरेसम्ममा डिस्चार्ज गरिनेछ ।’

दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेपछि आराम गर्नुपर्ने भएता पनि धेरै धपेडी गरेपछि प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या देखिएको स्रोतको भनाइ छ । दुई दिन अघि बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले करिब ४ घण्टा बिताएका थिए ।

२१ फागुनमा प्रधानमन्त्री ओलीको शरीरमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।



source https://www.onlinekhabar.com/2020/03/848044

Post a Comment

0 Comments