सामन्य रुघाखोकीको लागि औषधि–उपचारको आवश्यक हुँदैन । पर्याप्त तातो पानी पिउनुपर्छ । आफै निको हुन्छ ।
तर, अहिले कोरोना भाइरसको सन्त्रास छ । कोरोनाको सुरुवाती लक्षण रुघाखोकी, ज्वरो हो । त्यसैले यतिबेला रुघाखोकी लाग्नसाथ धेरैको मनमा आशंका पैदा हुनसक्छ, कोरोनाको संक्रमण त होइन ?
सचेत एवं सर्तक हुनु राम्रो हो । त्यस अनुरुप सावधानी अपनाउनु अझ राम्रो हो । तर, आतंकित हुनु कुनै उपचार होइन ।
त्यसो त अहिलेको मौसममा रुघाखोकी लाग्नु, ज्वरो आउनु सामान्य मानिन्छ । यस्तो समस्या भएमा अस्पताल वा औषधि पसल धाइरहनुपर्दैन । घर अर्थात भान्सामा उपलब्ध सामाग्रीबाट स्वास्थ्य–लाभ लिन सकिन्छ ।
केही घरेलु बिधी
रुघाखोकीमा पर्याप्त आरम गर्नुपर्छ । पर्याप्त तातो वा मनतातो पानी पिउनुपर्छ । अझ कागती र मह घोलेको पानी पिउनुभयो भने आरम मिल्छ ।
१. बेसार
रुघाखोकीबाट राहत पाउनको लागि १ गिलास तातो दुधमा १ चम्चा बेसार मिसाएर पिउनुहोस् । यसको साथै सुकेको हलेदोलाई पोलेर त्यसको धुँवा सुँघेमा पनि रुखाखोकी ठिक हुन्छ ।
२. तुलसी
तुलसी रुघाखोकीको लागि कुनै औषधिभन्दा कम छैन् । तुलसीको चार पाँच पत्ता तुलसी चपाउनाले घाँटीको खसखर र खोकीबाट राहत मिल्छ । तपाई यसलाई चिया वा तातोपानीमा उमालेर पनि पिउन सक्नुहुन्छ ।
३. अदुवा
अदुवाको रस महमा मिसाएर खाएमा पनि खोकी टाढा भाग्छ । तपाईलाई रुघाखोकीले सताएको छ भने राती सुत्नभन्दा अगाडि दूध वा चियामा अदुवा उमालेर पिउनुहोस् । तर्पाको स्वास्थ्यमा छिटै सुधार हुन्छ ।
४. अलैंची
अलैंचीलाई चियामा उमालेर पिउनाले रुघाखोकी ठिक गर्छ । यदि फेरि पनि रुघा लागेमा अलैंचीको दानालाई रुमालमा बेरेर सुँघ्नाले रुघाबाट छुटकारा पाइन्छ ।
६. हर्बल चिया
टाउको दुख्ने, खोकी, ज्वरो, रुघा जस्ता समस्या देखिएमा हर्बल चिया पिउनुहोस् ।
त्यस्तै तपार्ईंले रुघाखोकी लागेमा तातोपानीको बाफ लिने, तातो पानी पिउने, रसभएको तातो खानेकुरा खाने गर्नुभएमा यसले पनि तपाईलाई आराम गर्छ । तर, रुघाखोकी लागेको बेलामा धुमपान मद्यपान भने नगर्नुहोस् ।
source https://www.onlinekhabar.com/2020/03/849177
0 Comments