Looking For Anything Specific?

Header Ads

रामेछापमा विदेशबाट फर्किएका ५४ जना क्वारेन्टाइनमा

१६ चैत, रामेछाप । रामेछाप जिल्लामा क्वारेन्टाइनमा बस्नेको संख्या ५४ पुगेको छ । शनिबार साँझसम्म भारतलगायत विभिन्न देशबाट फर्किएका ५४ जनालाई क्वारेन्टाइनमा राखिएको हो ।

गोकुलगंगा गाउँपालिकामा सात, दोरम्बा गाउँपालिकामा १०, मन्थली नगरपालिकामा ६, रामेछाप नगरपालिकामा १७, खाँडादेवी गाउँपालिकामा १० र लिखुतामाकोशी गाउँपालिकामा चार जनालाई क्वारेन्टाइनमा राखिएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्रकुमार कर्णले जानकारी दिए ।

महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम र नियन्त्रणको लागि रामेछाप जिल्लाका आठ वटै स्थानीय तहले आइसोलेसन केन्द्र र सामुदायिक क्वारेन्टाइन स्थल स्थापना गरेका छन् । जिल्लामा आवश्यक पर्दा चिकित्सक गएर उपचार गर्न सक्ने ४५ वटा आइसोलेसन कक्ष र एक सय ६७ जना अट्ने क्वारेन्टाइनस्थल स्थापना भएका छन् ।

हालसम्म मन्थली नगरपालिकामा २२ वटा, रामेछाप नगरपालिकामा चार वटा, दोरम्बा गाउँपालिकामा ७ वटा र सुनापति गाउँपालिकामा छ वटा आइसोलेसन सेन्टर स्थापना गरिएको कर्णले जानकारी दिए ।

त्यसैगरी, मन्थली नगरपालिकामा २०, रामेछाप नगरपालिकामा ६०, दोरम्बा गाउँपालिकामा आठ, खाँडादेवी गाउँपालिकामा २०, गोकुलगंगा गाउँपालिकामा १५, उमाकुण्ड गाउँपालिकामा २८ र लिखु तामाकोशी गाउँपालिकामा १६ जना अट्ने क्वारेन्टाइनस्थल तयार पारिएको छ ।



source https://www.onlinekhabar.com/2020/03/848775

Post a Comment

0 Comments