Looking For Anything Specific?

Header Ads

अविरल वर्षापछि दोलखामा पहिरो, २ जना बेपत्ता

१८ साउन, काठमाडौं । अविरल वर्षापछि आएको बाढी र पहिरोमा परेर दोलखामा २ जना बेपत्ता भएका छन् । पहिरोले करिब १५ घरमा क्षति पुगेको छ ।

गौरीशंकर गाउँपालिका–१ को झगरेमा पहिरोले घर पुरिँदा ५६ वर्षीय जगतबहादुर खत्री बेपत्ता भएको नेपाल प्रहरीका डीएसपी मानबहादुर राईले अनलाइनखबरलाई जानकारी दिए । राईका अनुसार प्रहरी र स्थानीयको सक्रियतामा अहिले बेपत्ता खत्रीको खोजी कार्य भइरहेको छ ।

त्यस्तै, जुगुखोलामा आएको बाढीमा बगेर १९ वर्षीय निशान खड्का हराइरहेका छन् । खोलामा बस खसेपछि त्यसमा रहेका आफन्तको  उद्धारका लागि पुगेका खड्का आफैं नदीमा बगेर बेपत्ता भएका हुन् ।

नदीमा खसेको बसका यात्रुको भने सकुशल उद्धार गरिएको डीएसपी राईले जानकारी दिए ।

पहिरोले १५ घर जोखिममा

गौरीशंकर गाउँपालिका–१ को झगरेमा बस्तीमाथिबाट भिषण पहिरो खसेको छ । पहिरोले त्यहाँ रहेका १५ घरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

दोलखामा कार्यरत नेपाल प्रहरीका डीएसपी राईका अनुसार, क्षति पुगेका र जोखिममा परेका बस्तीका सबै मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ ।

‘पहिरोले क्षति पुगेका र जोखिममा पुगेका घरका मानिसहरूलाई उद्धार गरेर सुरक्षित स्थानमा सारेका छौं’, डीएसपी राईले भने, ‘घटनास्थलमा थप प्रहरी पठाएर राहत वितरणलाई समेत प्रभावकारी बनाएका छौं ।’



source https://www.onlinekhabar.com/2019/08/785303

Post a Comment

0 Comments