१४ वैशाख, काठमाडौं । सरकारले थप ९ निर्माण व्यवसाय र आपूर्तिकर्ता कम्पनीलाई कालो सूचीमा राख्ने प्रक्रिया सुरु गरेको छ ।
समयमा काम नगरेपछि कालो सूचीमा राख्न सिफारिस भएका कम्पनीले ३० दिनसम्म पनि लिखित स्पष्टीकरण नदिएपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो सूचीमा राख्ने प्रक्रिया सुरु गरेको हो ।
कार्यालयले सार्वजनिक सूचना जारी गर्दै यी कम्पनीहरूलाई पुन: ७ दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न भनेको छ । तोकिएको समयमा स्पष्टीकरण नआए कम्पनी कालो सूचीमा परप्ने छन् ।
source https://www.onlinekhabar.com/2023/04/1298312
0 Comments