Looking For Anything Specific?

Header Ads

पूर्व मिस नेपाल अस्मी बनिन् ब्राण्ड एम्बेस्डर

काठमाडौं । सन् २०१६ की मिस नेपाल अस्मी श्रेष्ठ राइटपाथ करियर काउन्सिलिङको ब्राण्ड एम्बेस्डर बनेकी छिन् । शुक्रबार सम्झौता पत्रमा हस्ताक्षर गरेसँगै उनी औपचारिक रूपमा राइटपाथकी ब्राण्ड एम्बेस्डर बनेकी हुन् ।

यसअघिकी ब्राण्ड एम्बेस्डर पूजा शर्माको कार्यकाल सकिएसँगै अस्मीलाई नयाँ ब्राण्ड एम्बेस्डरका रूपमा भित्राइएको राइटपाथका कर्पोरेट म्यानेजर प्रवेश जीशीले जानकारी दिए ।

कार्यक्रममा इक्यानका पूर्वअध्यक्ष विष्णुहरि पाण्डे, राइटपाथका सीईओ फिलिप डीसी लगायत सहभागी थिए ।



source https://www.onlinekhabar.com/2023/04/1289659

Post a Comment

0 Comments