Looking For Anything Specific?

Header Ads

प्रज्वललाई विश्व शारीरिक सुगठनमा तेस्रो स्थान

२४ मंसिर, काठमाडौं । थाइल्याण्डको फुकेटमा जारी तेह्रौं विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसिपमा नेपालका प्रज्वलमान शाक्यले आफ्नो तौल समूहमा तेस्रो स्थान प्राप्त गर्दै कांस्य पदक प्राप्त गर्न सफल भएको टिम व्यवस्थापक दिनेश राजभण्डारीले जानकारी गराएका छन् ।

थाइल्याण्ड शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् संघको आयोजना भएको च्याम्पियनसिपको पुरुष ६५ केजी तौल समूमा ९ जना प्रतिस्पर्धीबाट प्रिजजिङ्ग राउण्ड पार गर्दै दुई भारतीय, एक थाइ र बहराइनका खेलाडीसँगै फाइनलका लागि चयन भएका प्रज्वलले भारत र थाइल्याण्डका खेलाडीलाई पछि पार्दै कांस्य पदक जित्न सफल भएका थिए । यस तौल समूहमा बहराइनका अब्बास माकी अली प्रथम र भारतका योगेश निकाम द्वितीय भएका थिए ।

४४ राष्ट्रको सहभागिता रहेको च्याम्पियनसिपमा महिला मोडल फिजिक्समा श्वेता कपालीले भोलि २४ गते प्रतिस्पर्धा गर्ने छिन् ।

संघका अध्यक्ष राजेश बाबु श्रेष्ठको नेतृत्वमा थाइल्याण्ड गएको टोलीमा प्रशिक्षकमा विश्व शारीरिक सुगठनका रजत तथा कांस्य पदक विजेता रुजेश शाही र अफिसियलमा संघका उपाध्यक्ष राजेश उपाध्याय रहेका छन् । यस्तै निर्णायकको भूमिकामा दिनेश श्रेष्ठ रहेका छन् ।



source https://www.onlinekhabar.com/2022/12/1230832

Post a Comment

0 Comments