१५ मंसिर, काठमाडाैं । निर्णायक खेलमा क्राेएसियासँग बराबरी खेलेपछि बेल्जियम टिम कतारमा जारी विश्वकपको समूह चरणबाटै बाहिरिएको छ ।
समूह एफ अन्तर्गत बिहीबार भएको खेलमा क्रोएसियासँग गोलरहित बराबरीमा रोकिएपछि बेल्जियम समूहमा तेस्रो हुँदै बाहिरियो ।
बराबरीपछि क्रोएसिया भने समूह एफको उपविजेता बन्दै अन्तिम १६ मा पुगेको छ ।
यस समूहबाट मोरक्को ७ अंक जोडेर समूह्य विजेता बन्दा क्रोएसिया ५ अंकसहित उपविजेता बन्यो ।
४ अंक जोडेको बेल्जियम तेस्रो हुँदै समूह चरणबाटै बाहिरियो ।
बेल्जियमका लागि रोमेलु लुकाकुले गोल गर्ने तीन राम्रा अवसर गुमाए । ६०औं मिनेटमा उनको प्रहार पोष्टमा लागेर फर्किएको थियो ।
क्रोएसियाले क्वाटरफाइनल प्रवेशका लागि अब समूह इ को विजेता सँग खेल्नेछ ।
source https://www.onlinekhabar.com/2022/12/1227279
0 Comments