१८ पुस काठमाडौं । नाइजेरियाको प्रहरीले यहाँको दक्षिणी प्रान्त जाम्फाराबाट अपहरणमा परेका २१ बालबालिकाको उद्धार गरेको जनाएको छ ।
प्राप्त समाचार अनुसार ती बालबालिकालाई नाइजेरियाको विद्रोहीहरुको संस्था बोको हरामका हतियारधारीहरूले अपहरण गरी लगेका थिए ।
ती बालबालिका अपहरणमा परेको सूचना पाएपछि यहाँको प्रहरीले पिछा गरेको थियो । त्यसलगत्तै उनीहरुलाई भगाउँदै गरेका अवस्थामा प्रहरीले राजमार्गबाट अपहरणमुक्त गराएको हो । शनिबार अपहरणमुक्त गराएपछि प्रहरीले लगत्तै पत्रकार सम्मेलन गरेर सो विषयमा जानाकरी दिएको हो ।
source https://www.onlinekhabar.com/2022/01/1060494
0 Comments