Looking For Anything Specific?

Header Ads

काठमाडौंको एक घरमा युवक-युवती मृत फेला

२३ पुस, काठमाडौं । काठमाडौं महानगरपालिका–६ फैकास्थित राधाकृष्ण मन्दिर नजिकको एक घरमा युवक–युवती मृत फेला परेका छन् ।

बौद्ध प्रहरीका अनुसार संखुवासभा घर भएका २५ वर्षीय अनिस जिमी र खोटाङकी युसुना राई मृत फेला परेका हुन् । उनीहरु डेरामा सँगै बस्दै आएका थिए ।

बिहीबार राति उनीहरुको शरीरमा धारिलो हतियार प्रहार गरेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।  घटनास्थलबाट धारिलो हतियारसमेत बरामद भएको छ ।

प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।



source https://www.onlinekhabar.com/2022/01/1062647

Post a Comment

0 Comments