Looking For Anything Specific?

Header Ads

अमेरिकामा राजेशपायललाई दुर्व्यवहार गर्ने पासाङले मागे माफी

१९ पुस, काठमाडौं । गायक राजेशपायल राईलाई अमेरिकाको न्यूयोर्कमा आयोजित सांगीतिक कार्यक्रममा दुर्व्यवहार गर्ने पासाङ दावा शेर्पाले माफी मागेका छन् । उनले राजेशपायललाई खादा ओढाउँदै माफी मागेका हुन् ।

शेर्पाले माफी माग्दै भनेका छन्, ‘न्यू इयर इभको दिन भएकाले पनि म केही उत्तेजित भएँ । मैले उहाँलाई अंगालो हालेर उचाल्न खोजेको हुँ । तर, मेरो कारणले उहाँलाई कार्यक्रममा डिस्टर्ब भयो । म माफी माग्न चाहन्छु । म सबैसँग हात जोडेर माफी माग्छु ।’

आफूसँग भेटेरै माफी मागेपछि उनलाई माफी दिइएको राजेशपायलले बताए । ‘उहाँले मलाई आफैं भेटेर माफी माग्छु भन्नुभएछ । मेरो तर्फबाट उहाँलाई माफी छ । हामी मिलिसकेको जानकारी दिन चाहन्छु,’ राजेशपायलले भने ।

कार्यक्रममा राजेशपायलले गीत गाइरहेको बेला पछाडिबाट आएर शेर्पाले उनलाई दुर्व्यवहार गरेका थिए । उक्त भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि विश्वभर रहेका कलाकार, संगीतकर्मी र आम दर्शक-स्रोताले आयोजक र पासाङको चर्को आलोचना गरेका थिए ।



source https://www.onlinekhabar.com/2022/01/1060915

Post a Comment

0 Comments