Looking For Anything Specific?

Header Ads

तोलामा ९ सय रुपैयाँले सस्तियो सुन

२० पुस, काठमाडौं । सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेको छ । सोमबार प्रतितोला ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार ९२ हजार २ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुनको मूल्य ९१ हजार ७ सय रुपैयाँ तोकिएको छ । यस्तै चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले सस्तो भएको छ ।

सोमबार तोलामा एक हजार दुई सय ५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार एक हजार दुई सय ५० रुपैयाँ कायम भएको छ ।



source https://www.onlinekhabar.com/2022/01/1061301

Post a Comment

0 Comments