Looking For Anything Specific?

Header Ads

विदेशमा खेल्न जान पाउँदा खुशी छु : सीता रानामगर

१८ मंसिर, काठमाडौं । नेपाली क्रिकेटर सीता रानामगरले विदेशमा गएर खेल्ने अवसर पाउँदा आफूलाई खुशी लागेको बताएकी छन् ।

हंक हुने महिला क्रिकेट प्रतियोगिता फेयर ब्रेक इन्भिटेसनल-२०२२ प्रतियोगितामा छनोट भएकोमा आफूलाई खुशी महसुस भएको भन्दै उनले अरु नयाँ खेलाडीलाई पनि हौसला मिल्ने प्रतिक्रिया दिइन् । रानामगरले आफूलाई सहयोग गरेकोमा क्विन्स इभेन्ट मेनेजमेन्टलाई धन्यवाद समेत दिइन् । उनले भनिन्, ‘उहाँहरुको सहयोग र मेरो प्रदर्शनले पनि यो अवसर आएको हो । ढिलै भएपनि देशको प्रतिनिधित्व गरेर विदेशमा खेल्न जान पाउँदा खुशी छु ।’

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले हङकङमा हुने प्रतियोगितामा छनोट हुन सफल भएकोमा रानामगरलाई धन्यवाद दिँदै नेपालीहरुको मिहेनतले गर्दा यो सम्भव भएको बताए ।

राष्ट्रिय टिमका पूर्वकप्तान पारस खड्काले नेपाली महिला क्रिकेटमा यो ऐतिहासिक दिन भएको भन्दै अरु खेलाडीलाई पनि खेलकुदमा लाग्न प्रेरित गर्ने बताए । नेपाली क्रिकेटमा लागेर पनि केही गर्न सकिन्छ भन्ने उर्जा मिलेको उनको भनाइ छ ।

सीता विदेशी लिगमा छनोट हुने पहिलो नेपाली महिला खेलाडी हुन् ।



source https://www.onlinekhabar.com/2021/12/1047995

Post a Comment

0 Comments