Looking For Anything Specific?

Header Ads

क्रिकेट मुख्य प्रशिक्षकका लागि ५ जनासँग अन्तर्वार्ता

१६ मंसिर, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले मुख्य प्रशिक्षकका लागि आवेदन दिएकाहरू मध्येबाट पाँच जनाको अन्तर्वार्ता लिएको छ ।

क्यानले पाँच जनाको अन्तर्वार्ता लिएको बिहीबार विज्ञप्तिमार्फत जनाएको छ । प्रशिक्षक छनोटका लागि क्यानले बनाएको पाँच सदस्यीय छनोट समितिले बुधबार पाँच जनाको अन्तर्वार्ता लिएको हो ।

प्रशिक्षक पदका लागि क्यानले सूचना जारी गरेपछि ६० जनाले आवेदन दिएका थिए । त्यसमा पहिलो चरणमा १५ जनाको नाम सर्ट लिस्ट गरेको छनोट समितिले पाँच जनाको अन्तर्वार्ता लिएको क्यानको कार्यवाहक सचिव प्रशान्त मल्लले बताए ।

अब क्यानले पाँच जनाको रिपोर्ट बनाएर आईसीसीलाई पठाउने छ । त्यसपछि नेपालको मुख्य प्रशिक्षक नियुक्त गरिनेछ । केही दिनभित्रै नेपाली क्रिकेट टिमले मुख्य प्रशिक्षक पाउनेछ ।

क्यानले पाँच जनाको नाम सार्वजनिक नगरे पनि पूर्व प्रशिक्षक पुबुदु दासानायक, मोन्टी देसाइलगायत प्रशिक्षक रहेको बुझिएको छ ।



source https://www.onlinekhabar.com/2021/12/1047008

Post a Comment

0 Comments