Looking For Anything Specific?

Header Ads

राष्ट्रपति भण्डारी लुम्बिनी आउँदै

१६ मंसिर, बुटवल । राष्ट्रपति विद्यादेवी भण्डारी बिहीबार (आज) लुम्बिनी आउने कार्यक्रम छ ।

लुम्बिनी बौद्ध विश्व विद्यालयमा आयोजित त्रियान प्रज्ञा सम्मेलन समारोह र विश्व विद्यालयको पुस्तकालय भवन उद्घाटनमा सहभागी हुन राष्ट्रपति लुम्बिनी आउन लागेकी हुन् ।

राष्ट्रपतिले दिउँसो १ बजे सम्मेलनमा सहभागी हुने कार्यक्रम रहेको विश्व विद्यालयका उपकूलपति हृदयरत्न बज्राचार्यले बताए । त्यसअघि राष्ट्रपति भण्डारीले आजै कपिलवस्तुको बाणगंगास्थित कैलाश आश्रमको निरीक्षण गर्ने कार्यक्रमसमेत छ ।



source https://www.onlinekhabar.com/2021/12/1046993

Post a Comment

0 Comments