Looking For Anything Specific?

Header Ads

कांग्रेस महाधिवेशन : मतदान सकियो, राति १ बजेदेखि सभापतिको मत गणना

२७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा मतदान सकिएको छ । प्रारम्भीक विवरणमा ४ हजार ६६४ त खसेको भनिएपनि निर्वाचन समितिले आधिकारिक रुपमा बताएको छैन ।

निर्वाचन समितिका अनुसार आइतबार मध्यान्ह सुरु भएको मतदान राति पौने १२ बजेतिर मात्र सकिएको थियो । महाधिवेशनमा कुल ४ हजार ७४३ प्रतिनिधि थिए, जसमध्ये केहीले मतदान गरेनन् ।

राति १ बजेदेखि सभापतिको मतगणना सुरु गर्ने निर्वाचन समितिको तयारी छ ।

कांग्रेसको विधानमा सभापतिका लागि कुल खसेको मतको बहुमत ल्याउनुपर्छ । नभए धेरै मत ल्याउने दुई उम्मेदवारबीच फेरि प्रतिस्पर्धा हुनेछ ।

कांग्रेसको सभापतिका लागि शेरबहादुर देउवासँगै शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा छन् ।



source https://www.onlinekhabar.com/2021/12/1051994

Post a Comment

0 Comments