Looking For Anything Specific?

Header Ads

‘पुष्पा’ आए ‘चपली हाइट ३’ रिलिज नगर्ने अर्जुनको घुर्की कि चेतावनी ?

२१ मंसिर, काठमाडौं । दक्षिण भारतीय (साउथ) चलचित्र ‘पुष्पा’को ट्रेलर सोमबार रिलिज भयो । यो चलचित्र पुस २ गतेदेखि विश्व बजारमा प्रदर्शन हुँदैछ । चलचित्रलाई नेपालमा पनि रिलिज गर्ने तयारी छ ।

‘पुष्पा’ नेपालमा पनि रिलिज हुने भएपछि यही मितिमा रिलिज हुन लागेको नेपाली चलचित्र ‘चपली हाइट ३’का निर्माता अर्जुन कुमार भने आक्रोशित छन् । उनले साउथको हिन्दी डब चलचित्र नेपाल भित्र्याएर वितरकहरुले नेपाली चलचित्रमाथि खेलवाड गरेको आरोप लगाइरहेका छन् ।

यसैबीच, अर्जुनले यदि नेपालमा ‘पुष्पा’ रिलिज भएको खण्डमा आफ्नो चलचित्र रिलिज नगर्ने बताएका छन् । अर्जुनले सञ्चारकर्मीहरुको कुराकानीमा वितरक र प्रदर्शकलाई चेतावनी दिँदै भने, ‘म आफ्नो चलचित्र त रिलिज गर्दिनँ नै । अरुलाई पनि चलचित्र रिलिज नगर्न सचेत गराउँछु । हेरौं, विदेशी चलचित्र मात्र चलाएर हल कसरी चल्दा रहेछन् ?’

अर्जुन कुमार आफ्नो चलचित्रले साउथको डब चलचित्रले भन्दा कम शो पाएर खुम्चिनुपर्ने अवस्था आएको खण्डमा अन्तिम समयमा पनि चलचित्र रिलिजको निर्णयबाट पछि हट्ने चेतावनी दिएका छन् । उनले अगाडि भने, ‘यो मेरो सम्पत्ति हो । मेरो सम्पत्तिलाई म जे गर्न पनि सक्छु ।’

चलचित्र रिलिजको दिन नजिकिँदै जाँदा अर्जुनको आक्रोश नायिका स्वस्तिमा खड्का र वितरकहरुसँग झनै बढिरहेको देखिन्छ । अर्जुनले वितरकलाई ‘घुर्की’ मात्र देखाएका हुन् वा चलचित्र रिलिज नै रोक्छन् यो हेर्न बाँकी नै छ ।



source https://www.onlinekhabar.com/2021/12/1049020

Post a Comment

0 Comments