Looking For Anything Specific?

Header Ads

बालाचतुर्दशी : पशुपतिमा शतबीज छर्नेको भीड (फोटो फिचर)

 १७ मंसिर, काठमाडौं ।आज मार्गशीर्षकृष्ण चतुर्दशी अर्थात बालाचतुर्दशी पर्व । हरेक वर्षजस्तै आज बिहानै शतबीज छरी बालाचतुर्दशी पर्व मनाइएको छ ।

त्रयोदशीका बिहीबार बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड दीपदान गरी बसेका भक्तजनले आज पितृको सद्गतिको कामना गर्दै शतबीज छर्ने परम्परा रहिआएको छ ।

यस अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिव मन्दिरमा भक्तजनको भीड लाग्छ । आज बिहान मिर्मिरेमै पशुपति क्षेत्रमा भक्तजनहरूको भीड लागेको छ ।

बिहीबार रातिदेखि नै रातभर जाग्राम बसेका र बिहानै पशुपति पुगेका व्यक्तिहरूले पितृको सम्झनामा शतबीज छरेका छन् ।

विकास श्रेष्ठ/आर्यन धिमाल



source https://www.onlinekhabar.com/2021/12/1047458

Post a Comment

0 Comments