Looking For Anything Specific?

Header Ads

पूर्वमन्त्री सिंह कांग्रेस केन्द्रीय सदस्य निर्वाचित

३ पुस। काठमाडौं । पूर्वमन्त्री अर्जुनबहादुर सिंह नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

यसअघि राजदूतसमेत भइसकेका सिंह पिछडिएको क्षेत्रबाट केन्द्रीय सदस्यमा विजयी भएका हुन् ।

चार हजार ६७२ मत खसेकोमा सिंहले दुई हजार ६७७ मत ल्याएर विजयी भएको निर्वाचन समितिले जनाएको छ । उनका प्रतिस्पर्धी दीपकजंग शाहीले दुई हजार ५६ मतमात्रै पाए ।

३९ मत भने बदर भएको छ निर्वाचन समितिले जानकारी दिएको छ ।



source https://www.onlinekhabar.com/2021/12/1054051

Post a Comment

0 Comments