Looking For Anything Specific?

Header Ads

नम्रता मिस वर्ल्डको टप ३० मा प्रवेश

२४ मंसिर, काठमाडौं । मिस वर्ल्ड नेपाल नम्रता श्रेष्ठ अमेरिकामा भइरहेको मिस वर्ल्डको अन्तिम ३० मा प्रवेश गरेकी छन् । हेड-टु-हेड च्यालेञ्जमा इन्डोनेसियाकी सुन्दरीलाई पछि पार्दै नम्रता उत्कृष्ट ३० मा प्रवेश गरेकी हुन् ।

उनीसँगै पाराग्वे, क्यामरुन र फिलिपिन्सका सुन्दरीहरु पनि उत्कृष्ट ३० मा प्रवेश गरेका छन् । नम्रताले उत्कृष्ट ३० मा प्रवेश गरेपछि खुशी व्यक्त गरेकी छन् । मिस वर्ल्डमा सहभागी हुन जानुपूर्व नम्रताले यसपटक नेपाली दर्शकलाई निराश नबनाउने बताएकी थिइन् ।

नेपालले यसअघि पनि जित्दै आएको ‘ब्युटी विथ पर्पस र मल्टिमिडिया’ अवार्डलाई घर भित्र्याउने आशा नम्रताको छ ।

मिस वर्ल्डको फाइनल डिसेम्बर १६ मा अमेरिकाको पुएर्तो रिकोमा हुनेछ ।



source https://www.onlinekhabar.com/2021/12/1050372

Post a Comment

0 Comments