Looking For Anything Specific?

Header Ads

गैंडाको खागसहित रुपन्देहीबाट तीन जना पक्राउ

२३ मंसिर, रुपन्देही। प्रहरीले गैंडाको खागसहित ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अर्घाखाँची छत्रकोट गाउँपालिका-७ सूर्यथुम बस्ने ४८ वर्षीय नर बहादुर सुनार, ५८ वर्षीय पदम सुनार र सोही गाउँपालिका-५ रानीचाप बस्ने २८ वर्षीय सुमन न्यौपाने रहेका छन्।

उनीहरुलाई वुटवल उपमहानगरपालिका-५ स्थित हरियाली होटल एण्ड लजको ११८ नम्बरको कोठाबाट ४ ईन्च गोलाई र ४ ईन्च लम्बाई भएको गैंडाको खाग सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरेको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।



source https://www.onlinekhabar.com/2021/12/1049899

Post a Comment

0 Comments