Looking For Anything Specific?

Header Ads

गाउँपालिकाको बेथितिविरुद्ध आन्दोलित युवकले अनसन तोडे

२ पुस, वीरगञ्ज । गाउँपालिकाको वेथितिविरुद्ध आमरण अनसन बसेका पटेर्वासुगौली–२, पर्साका २६ वर्षीय रामजनम ओझैलाले अनसन तोडेका छन् । माग पूरा गर्ने निर्णय भएपछि ११ औं दिनमा उनले अनसन तोडेका हुन् । त्यसअघि उनी ५ दिन धर्नामा बसेका थिए ।

क्षेत्राधिकार भित्र रहेको र गाउँपालिकाले पूरा गर्र्न सक्ने मागहरु गाउँपालिकाले नै पूरा गर्ने र बाँकी माग पूरा गराउन पहल गर्ने आश्वासन पाएपछि अनसन तोडेको ओझैयाले बताए । ‘सामुदायिक विद्यालयले चन्दाको नाममा लिएको शुल्क १० दिनभित्र फिर्ता गर्ने, कृषिको आधुनिकीकरणका लागि धान रोप्ने, गहुँ रोप्ने र माटो बराबर गर्ने तीन थान मेसिन खरिद गर्ने सहमति भएको छ,’ उनले भने ‘माग पुरा नभएको खण्डमा आवश्यकता हेरेर दबाबमुलक कार्यक्रम गर्छु ।’

सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलको संयोजनमा जिल्ला प्रशासन कार्यालय पर्सामा बिहीबार गाउँपालिका अध्यक्ष हरि नारायण चौधरी, उपाध्यक्ष ममता चौधरी लगायतसँग बैठक बसेको थियो । बैठकले रामजनमले उठाएका माग मध्ये गाउँपालिकाले पूरा गर्न सक्ने कृषि, स्वास्थ्य, शिक्षा, खेलकुद पूर्वाधार निर्माण लगायत मुद्दाहरु पालिकाले सम्बोधन गर्ने, पालिकाको क्षेत्राधिकार बाहिरका विषयमा अन्य निकाय, संघ र प्रदेश सरकारसँग अनुरोध गरि पठाउने लगायतका निर्णय गरेको छ ।

त्यसैगरी गाउँपालिकाले गरेका प्रगतिका विषयहरुका बारेमा सार्वजनिक सुनुवाई कार्यक्रम गरी सबैमा जानकारी गराउने निर्णय पनि बैठकले गरेको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए ।



source https://www.onlinekhabar.com/2021/12/1053651

Post a Comment

0 Comments