Looking For Anything Specific?

Header Ads

काग्लियारीको पोष्टमा चार गोल गर्दै इन्टर शीर्ष स्थानमा

२७ मंसिर, काठमाडौं । लाउटारो मार्टिनजेको दुई गोल मद्दतमा इन्टर मिलानले इटालियन सिरी ए अन्तर्गत आइतबार राती भएको खेलमा काग्लियारीलाई ४-० ले पराजित गरेको छ ।

सान सिरोमा भएको खेलमा मार्टिनेजले २९औं र ६८औं मिनेटमा गोल गरे । यस्तै एलेक्सिस सान्चेजले ५०औं र हाकन चाल्होनोग्लुले ६६औं मिनेटमा गोल गरे ।

जितपछि १७ खेलबाट ४० अंक जोड्दै इन्टर शीर्ष स्थानमा उक्लेको छ । समान खेलबाट ३९ अंक रहेको एसी मिलान दोस्रो स्थानमा झरेको छ ।

पराजित काग्लियारी १७ खेलबाट १० अंकसहित १९औं स्थानमा अर्थात रेलिगेनस जोनमा छ ।



source https://www.onlinekhabar.com/2021/12/1051521

Post a Comment

0 Comments