१६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत बिहीबार प्रदेशको अधिवेशन सुरु हुँदैछ । प्रधानमन्त्री एवम् सभापति शेरबहादुर देउवाले दिउँसो दुई बजे भर्चुअल माध्यमबाट एकैसाथ सातै प्रदेश महाधिवेशन उदघाटन गर्ने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
प्रदेश अधिवेशनको उदघाटन आज भए पनि निर्वाचन कार्यतालिका भने शुक्रबारदेखि मात्रै सुरु हुनेछ ।
कांग्रेस प्रवक्ता शर्माका अनुसार प्रदेश १ को अधिवेशन विराटनगरमा, प्रदेश २ को जनकपुरमा, वाग्मतीको हेटौँडामा, गण्डकीको पोखरामा, लुम्बिनीको बुटवलमा, कर्णालीको सुर्खेतमा र सुदूरपश्चिम प्रदेशको अधिवेशन धनगढीमा हुनेछ । यी अधिवेशनले कांग्रेसको पहिलो प्रदेश कार्यसमिति चयन गर्नेछ ।
प्रदेश अधिवेशनको उदघाटन देउवाले गर्ने र समारोहको अध्यक्षता भने सात प्रदेशमा फरक-फरक नेताहरूले गर्नेछन् ।
कांग्रेसले प्रदेश अधिवेशन गर्नका लागि प्रदेश १ मा कृष्णप्रसाद सिटौला, २ मा रमेश रिजाल, वाग्मतीमा प्रकाशमान सिंह, गण्डकीमा गोपालमान श्रेष्ठ, लुम्बिनीमा बालकृष्ण खाँण, कणर्ालीमा जीवनबहादुर शाही र सुदूरपश्चिममा दिलेन्द्रप्रसाद बडूको संयोजक तोकेको छ ।
source https://www.onlinekhabar.com/2021/12/1046929
0 Comments