Looking For Anything Specific?

Header Ads

महिला लघुवित्तको लाभांश परिमार्जन

५ कात्तिक, काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले यसअघि घोषणा गरेको लाभांश परिमार्जन गरेको छ । कम्पनीले अब ४७.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि २.५ प्रतिशत नगद लाभांश गरि कुल ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको पत्र नेप्सेलाई जानकारी गराएको छ ।

यसअघि योग्य मुनाफाबाट शेयरधनीलाई ४५ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित ५ प्रतिशत नगद गरी कुल ५० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको थियो । राष्ट्र बैंकको निर्देशनपछि कम्पनीले बोनस दर बढाएर नगद लाभांशको दर घटाएको हो ।

लघुवित्तले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वाषिर्क साधारण सभाबाट पारित भएपछि शेयरधनीहरुले पाउनेछन् ।

 

 



source https://www.onlinekhabar.com/2021/10/1028479

Post a Comment

0 Comments