Looking For Anything Specific?

Header Ads

मध्य भोटेकोशीको आईपीओ बाँडफाँट, ८ लाख १९ हजारले पाए शेयर

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले सर्वसाधारणका लागि ८१ लाख ९० हजार कित्ताको आईपीओ निष्काशन गरेको थियो ।

स्वीकृत आवेदनमध्ये ८ लाख १९ हजार आवेदकलाई १० कित्ताका दरले पाएको कम्पनीको बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।

आईपीओमा २३ लाख ९० हजार २१८ लगानीकर्ताले ३ अर्ब ४१ करोड ८३ लाख २९ हजार रुपैयाँ बराबरको शेयर खरिदका लागि आवेदन दिएका थिए ।

जसमध्ये ९५ हजार ७२२ आवेदन रद्द भएको छ , कुल निश्कासन मध्ये ४ प्रतिशत अर्थात ३ लाख ६० हजार कित्ता शेयर कम्पनीको कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याइएको थियो ।

मध्य भोटेकोशी जलविद्युत कम्पनीले सिन्धुपाल्चोकको भोटेकोशी गाँउपालिकामा रन अफ रिभरमा आधारित जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाबाट १०२ मेगाबाट बिजुली निकालिने छ ।



source https://www.onlinekhabar.com/2021/10/1031363

Post a Comment

0 Comments