Looking For Anything Specific?

Header Ads

एल क्लासिको : बार्सिलोनाको मैदानमा रियलको जित

काठमाडौं । स्पानिस ला लिगा अन्तर्गत यस सिजनको पहिलो एल क्लासिको भिडन्तमा रियल मड्रिड विजयी भएको छ ।

आइतबार भएको खेलमा रियलले बार्सिलोनालाई उसैको मैदानमन २-१ ले पराजित गरेको हो ।

बार्सिलोनाको मैदान नोउ क्याम्पमा रियलका लागि डेभिड अलाबा र लुकास भास्क्वेजले गोल गरे।

बार्सिलोनाका सर्जियो अगुएरोले एक गोल फर्काए ।

खेलको ३२औं मिनेटमा अलावाले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । इन्जुरी टाईममा भास्क्वेजले गोल गर्दै रियललाई २-० को अग्रता दिलाए ।

इन्जुरी टाईममै अगुएरोले एक गोल फर्काए पनि बार्सिलोनाले हार टार्न सकेन ।

रियलले लगातार चौथो पटक एल क्लासिको जितेको हो ।

जितपछि ९ खेलबाट ३० अंक जोड्दै रियल शीर्ष स्थानमा उक्लिएको छ ।

बार्सिलोना १५ अंक जोडेर नवौं स्थानमा रहेको छ ।



source https://www.onlinekhabar.com/2021/10/1029448

Post a Comment

0 Comments