Looking For Anything Specific?

Header Ads

प्रिमियर लिगमा आर्सनलको सहज जित

काठमाडौं । प्रिमियर लिगमा आर्सनलले शुक्रबार राति भएको खेलमा एस्टन भिल्लालाई ३-१ ले पराजित गरेको हो ।

घरेलु मैदान एमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलका लागि थोमस पार्टे, पिएरे एमरिक औबामियाङ र इमिल स्मिथ रोवले गोल गरे । एस्टन भिल्लाका जाकोब रामसेले एक गोल फर्काए ।

खेलको २३ औं मिनेटमा थोमसले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी टाईममा औबामियाङले गोल गर्दै आर्सनलमो अग्रता दोब्बर बनाए ।

५६औं मिनेटमा इमिल स्मिथ गोल गर्दै आर्सनललाई ३-० मो अग्रता दिलाए ।

त्यसपछि खेलको ८२औं मिनेटमा एस्टन भिल्लाका जाकोबले गोल फर्काएका थिए ।

जितपछि ९ खेलबाट १४ अंक जोडेको आर्सनल नवौं स्थानमा उक्लिएको छ । समान खेलबाट १० अंक रहेको एस्टन चिल्ला १३औं स्थानमा छ ।



source https://www.onlinekhabar.com/2021/10/1028851

Post a Comment

0 Comments