Looking For Anything Specific?

Header Ads

बढ्यो सुन-चाँदीको मूल्य

७ कात्तिक, काठमाडौं । आइतबार सुन र चाँदीको मूल्यमा झिनो वृद्धि भएको छ । सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढ्दा चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार ९१ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आइतबार ९२ हजार १०० रुपैयाँ कायम भएको छ । आजका लागि तेजावी सुनको भाउ ९१ हजार ६०० रुपैयाँ तोकिएको छ ।

यस्तै चाँदीको मूल्य तोलामा १२६० रुपैयाँ पुगेको छ । शुक्रबार चाँदी तोलामा १२५० रुपैयाँमा खरिद बिक्री भएको थियो ।



source https://www.onlinekhabar.com/2021/10/1029085

Post a Comment

0 Comments