Looking For Anything Specific?

Header Ads

अपाङ्गता भएका ७३ वर्षीय बौवालाललाई घरमै पुगेर सिडिओले दिए नागरिकता

२० असोज, सप्तरी । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका- ४ मधवापुर निवासी बौवालाल गुरमैता यादव ७३ वर्षका भए । यो उमेरसम्म उनले नागरिकता पाउन सकेका थिएनन् ।

जन्मैदेखि पूर्ण अपांग रहेका उनी जिल्ला प्रशासन कार्यालयसम्म जान सक्दैन्थे । अहिले भने उनले आफ्नै घरमै नागरिकता पाएका छन् ।

मंगलबार प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको नेतृत्वमा गएको टोलीले गुरमैतालाई घरमै नागरिकता प्रदान गरेका छन् । जन्मैदेखि पूर्ण अपाङता रहेका यादव घिस्रेर हिँड्ने गर्छन् । ७३ वर्षको उमेरमा नागरिकता नपाउँदा उनी सरकारी सेवासुविधाबाट बन्चित थिए ।

हालसम्म पनि नागरिकता नपाएको जानकारी पाएपछि स्थानीय युवाले नागरिकता दिलाइदिन पहल गरेका थिए । ‘उनका दाजुभाइ र परिवारका अन्य सदस्यले नागरिकता बनाइसकेका रहेछन्, उनले बनाउनै सकेका थिएनन्’ स्थानीय युवा सन्दीप कर्णले भने, ‘हिँडन नसकेकै कारण सिडिओ कार्यालयसम्म नपुग्दा नागरिकताबाट बन्चित भएकालाई प्रमुख जिल्ला अधिकारी आफैं आएर नागरिकता प्रदान गर्नुभएको छ ।’

सप्तरीमा यसअघि पनि जन्मैदेखि अपांग रहेका एक युवकलाई पनि घरमै पुगेर नागरिकता प्रदान गरिएको थियो । तिलाठी कोइलाडी गाउँपालिका ४ का प्रल्हाद मण्डललाई तत्कालीन प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले २७ साउनमा घरमै गएर नागरिकता दिएका थिए ।



source https://www.onlinekhabar.com/2021/10/1022920

Post a Comment

0 Comments