Looking For Anything Specific?

Header Ads

झापामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

७ कात्तिक, सुरुङ्गा (झापा) । पूर्व-पश्चिम राजमार्गको कनकाई नगरपालिका-९ लक्ष्मीपुर सडकखण्डमा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

शनिबार साँझ पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्र१-०१-००१ख ३५२० नंको ट्रकले विपरीत दिशातर्फ गइरहेको मे५प ८४७२ नंको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका-३ का २७ वर्षीय निश्चल खनाल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ट्रकको ठक्करबाट मोटरसाइकल चालक खनाल गम्भीर घाइते भएपछि तत्काल उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल पुर्‍याइए पनि उनको उपचारकै क्रममा निधन भएको प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।



source https://www.onlinekhabar.com/2021/10/1029011

Post a Comment

0 Comments