Looking For Anything Specific?

Header Ads

धमाधम लाभांश घोषणा गर्दै बैंकहरु, कुनले कति दिँदैछन् ?

९ कात्तिक, काठमाडौं । गत आर्थिक वर्षको मूनाफाबाट शेयरधनीहरुलाई दिने लाभांश १२ वटा बैंकहरुले घोषणा गरेका छन् । अन्य केही बैंकहरुले भने लाभांश घोषणा गर्ने तयारीमा रहेका छन् । केही बैंकहरुले लाभांश घोषणा गरी साधारण सभा प्रयोजनका लागि बुक क्लोज समेत गरेका छन् ।

सोमबार केही बैंकहरुको बोनस शेयर पछि मूल्य समायोजन भएको छ । माछापुछ्रे बैंक, सानिमा बैंक, कुमारी बैंक लगायतको नेपाल स्टक एक्सचेञ्जमा मूल्य समायोजन समेत भइसकेको छ । हालसम्म लाभांश सार्वजनिक गरेका बैंकहरु मध्ये गत आर्थिक वर्षको मूनाफाबाट धेरै लाभांश दिने पहिलो नम्बरमा हिमालयन बैंक देखिएको छ ।

हिमालयन बैंकले नगद लाभांश ४.६२ प्रतिशत र बोनस शेयर २१.३८ प्रतिशत गरी जम्मा २६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । दोस्रो नम्बरमा देखिएको सानिमा बैंकले ०.८९ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि र १७ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको छ भने तेस्रो नम्बरमा धेरै लाभांश घोषणा गर्नेमा नेपाल बैंक देखिएको छ । नेपाल बैंकले ३ प्रतिशत नगद लाभांश र १४ प्रतिशत बोनस शेयर गरी १७ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

सि.नं. बैंकको नाम नगद लाभांश शेयर लाभांश कुल लाभांश (प्रतिशतमा)
हिमालयन बैंक ४.६२ २१.३८ २६
सानिमा बैंक ०.८९ १७ १७.८९
नेपाल बैंक १४ १७
नेपाल इन्भेष्टमेन्ट बैंक ३.३९ १२.६१ १६
सिटिजन्स बैंक ३.०९ १२.९१ १६
एनआइसी एशिया बैंक ०.७९ १५ १५.७९
नेपाल बंगलादेश बैंक ३.५ १२ १५.५
सिद्धार्थ बैंक ०.७५ १४.२५ १५
माछापुछ्रे बैंक ०.७ १३.३ १४
१० ग्लोबल आइएमई बैंक ३.५ १० १३.५
११ स्टाण्डर्ड चार्टर्ड बैंक ३.०६ १० १३.०६
१२ कुमारी बैंक २.६७ ८.६७

 



source https://www.onlinekhabar.com/2021/10/1030020

Post a Comment

0 Comments