Looking For Anything Specific?

Header Ads

गोरखामा खोलाले बगाएर एकको मृत्यु

१९ असार, गोरखा । आरुघाट गाउँपालिका–३ सोतीस्थित फङ्गी खोलाले बगाएर गोरखामा एक जनाको ज्यान गएको छ । खोला तर्ने क्रममा सोही गाउँपालिका- १ श्यामचेतका २६ बर्षीय किरण लामाको ज्यान गएको प्रहरीले जनाएको छ ।

‘ठाडो खोला रहेछ, तर्ने क्रममा बगाएर ३० मिटर तल फालेछ,’ डीएसपी प्रकाश दाहालले भने, ‘बेहोस अवस्थामा स्थानीयले उनलाई उद्धार गरेर उपचारको लागि आरुचनौटे प्राथमिक स्वास्थ्य केन्द्र लगे रहेछन् ।’ उपचारको क्रममा चिकित्सकले उनलाई बिहान ११ बजे मृत घोषणा गरेको उनले बताए ।



source https://www.onlinekhabar.com/2021/07/977953

Post a Comment

0 Comments