हिन्दी र बंगाली फिल्मकी अभिनेत्री मिष्टी मुखर्जीको किड्नीमा देखिएको समस्याका कारण निधन भयो । २७ वर्षीया ती अभिनेत्री केटो डाइट लिने गर्थिन् । जसका कारण उनको स्वास्थ्य बिग्रिएको थियो ।
मिष्टी मुखर्जीका आफन्तहरूले एक आधिकारिक बयानमा भनेका छन्, अभिनेत्री मुखर्जी जो धेरै फिल्म र संगीत भिडियोहरूका कारण चर्चित थिइन् । उनको केटो डाइटका कारण बेंगलोरमा मिर्गौला खराब भएर मृत्यु भएको हो ।’
अभिनेत्रीको मृत्यु किटो डाइटकै कारण भएको हो भन्ने पुष्टि गर्ने आधार भने छैन ।
किटो डाइट के हो ?
किटो डाइटलाई किटोजेनिक डाइटको रूपमा पनि चिनिन्छ । जुन उच्च फ्याटयुक्त आहार हो। यस आहारमा शरीरका लागि चाहिने ऊर्जाका लागि फ्याटमा निर्भर भइन्छ । कार्बोहाइड्रेटहरू धेरै कम हुन्छन् र यस खानामा प्रोटिन मध्यम एवं नियन्त्रित मात्रामा पाइन्छ ।
पोषण विशेषज्ञ भन्छन् जब शरीरले ऊर्जाको स्रोतको रूपमा केटोन्सको प्रयोग गर्छ, यसलाई छोटोमा किटो डाइट भनिन्छ । हामीले कार्बोहाइड्रेट धेरै खाँदैनौं बरू धेरै बोसोको सेवन गर्छौं भने यसलाई हामी किटो डाइट भन्ने गर्छौं । प्रोटिनको रूपमा कुखुरा, मटन, माछा, नरिवलको तेल पनि प्रयोग गर्न सकिन्छ ।
विशेषज्ञहरू भन्छन् ‘जब तपाईं यस प्रकारको आहार लिइरहनुभएको छ, तपाईंको शरीरले यस्तो खाना पचाउँदैन भने यसले शरीरमा समस्या सिर्जना हुन्छ ।’ किटो डाइटले शरीरमा उर्जा दिन्छ । तर यसको दुष्परिणाम पनि शरीरमा देखिन थाल्छ । किटो डाईटको असर शरीरमा दुई वा तीन दिनमा देखिन थाल्छ।
डाक्टरहरु बताउँछन् कि यदि पहिले नै तपाईंको कलेजो वा पित्तथैलीमा समस्या भएको हुन्छ, तब तपाईं दुई वा तीन दिनभित्र यो आहारको साइड इफेक्ट देख्न थाल्नुहुन्छ । तर यदि तपाईंको अंगहरूमा कुनै समस्या छैन भने तपाईंलाई यसको गलत प्रभाव देख्नको लागि तीनदेखि चार महिना लाग्न सक्छ ।
कतिपय व्यक्तिहरू शरीरको तौल घटाउन चाहन्छन्, तिनीहरूले केटो डाइटको प्रयोग गरेर तुरून्त वजन कम गर्ने उपायको रूपमा प्रयोग गर्ने गरेको पाइन्छ ।
चिकित्सकहरू किटो डाइटबारे सल्लाह दिन सक्नेविशेषज्ञ कोही नभएको बताउँछन् ।
किटो डाइटको प्रभाव
चिकित्सकहरूका अनुसार सामान्यतया एक दिनमा शरीरलाई २० ग्राम फ्याट चाहिन्छ । एक किलोग्राम शरीरको तौलका लागि एक ग्राम प्रोटिन आवश्यक पर्छ । जस अनुसार मान्छेको तौल अनुसार प्रोटिनको मात्रा निर्धारित हुन्छ । सामान्यतया मान्छेका लागि ५० देखि ६० ग्राम प्रोटीन लिनुपर्छ । माथि उल्लेखित प्रोटिनको ५० देखि ६० प्रतिशतले हुन आउने कार्बोहाइड्रेट पनि शरीरलाई आवश्यक हुन्छ । तर यो तपाईंको शरीरको तौल अनुसार बढी वा कम हुन सक्छ । तपाईंको काम र क्रियाकलाप आदिले पनि यसको अनुपातमा असर ल्याउन सक्छ ।
मानव शरीरमा ऊर्जाको स्रोत कार्बोहाइड्रेट नभएर फ्याट हो । धेरैले महसुस गर्छन् कि तौल घटाउनको लागि हाम्रो कलेजो र पित्ताशोषकलाई हामीले खाने चिल्लो पदार्थबाट पचाउन धेरै गाह्रो हुन्छ । किनकि तपाईंको शरीरले हरेक दिन २० ग्राम फ्याट पचाएको छ भने किटो डाइट सुरु गरेपछि एक दिनमा १०० ग्राम फ्याट पचाउनु परिरहेको हुन सक्छ ।
यस्तो अवस्थामा शरीरको दुवै अंगले यसलाई पचाउन धेरै किसिमले काम गर्नुपर्ने हुन्छ । यदि तपाईंको कलेजो कमजोर छ भने उनीहरूले त्यस्ता डाइटसँग क्र्यास गर्न सक्छन् । त्यस्ता डाइटको प्रभाव महिलाहरूमा बढी हुन्छ ।
किटो डाइट बढी प्रयोग गर्नुले हाम्रो शरीरको हर्मोनमा खलल पुग्न सक्छ । केटो डाइटले तपाईंको रक्तचाप र चिनीको स्तरमा पनि समस्या सिर्जना हुन्छ । किटो डाइट प्रयोग गरेको व्यक्तिले आफैँलाई कमजोर ठान्ने गर्छ । साथै, पाचन प्रक्रिया विचलित भएर ग्यास्ट्रिकको समस्या पनि बढी हुन्छ ।
कुनै पनि डाक्टरले सामान्य अवस्थामा केटो आहार लिन सिफारिस गर्दैनन् । कुनै आधारभूत चिकित्सा अवस्था भएमा केटो डाइटको सिफारिश गरिन्छ। कुनै व्यक्तिले कार्बोहाइड्रेट पचाउन असमर्थ भयो भने वा तिनीहरूको शरीरमा एन्जाइम छैन भने सामान्यतया यस्तो आहारा लिने गरिन्छ ।
source https://www.onlinekhabar.com/2021/07/991405
0 Comments