Looking For Anything Specific?

Header Ads

तुलसीपुरमा रोकिराखेको बसमा आगजनी

११ साउन, काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिका–७ स्थित रानीघाट खोला नजिक रोकिराखेको एक बसमा अज्ञात समूहले आगजनी गरेको छ ।

घोराही–तुलसीपुर सडकखण्डमा रा १ ख १८९२ नम्बरको बसमा अज्ञात समूहले आगजनी गरेको हो ।

बसमा गएराति साढे १ बजेतिर आगजनी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख श्याम अर्यालले जानकारी दिए । प्रहरीले राति नै आगो नियन्त्रणमा लिएको थियो ।

आगजनी गर्ने व्यक्तिको पहिचान नभएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



source https://www.onlinekhabar.com/2021/07/989353

Post a Comment

0 Comments