Looking For Anything Specific?

Header Ads

एक घण्टामै नेप्से ४८ अंकले बढ्यो, ५ कम्पनीको कारोबार सर्किट नजिक

११ माघ, काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा हरियाली छाएको छ । व्यापार र म्युचुअल फण्डबाहेकका सबै समूहहरु बढेर हरियाली छाएका छन् । कारोबार शुरु भएदेखि नै उकालो लाग्न सुरु गरेको सेयर कारोबार मापक नेप्से परिसूचक एक घण्टामा नै ४८ अंकले माथि लागेको छ ।

अझ रोचक त पहिलो घण्टामा नै ५ कम्पनीहरुको सेयर मूल्य सर्किट ब्रेक नजिक पुगेर कारोबार भइरहेको छ । सबैभन्दा धेरै गुराँस लाइफ इन्स्योरेन्सको सेयर मूल्य बढेको छ । दोस्रोमा गुराँस लघुवित्त वित्तीय संस्था र तेस्रोमा नेपाल क्रेडिट एण्ड कमर्श बैंकको सेयर मूल्य बढेको छ ।

एकैदिनमा १० प्रतिशत घटबढ हुनेवित्तिकै त्यस दिनका लागि सर्किट ब्रेक लागेर कारोबार रोकिन्छ । यी कम्पनीहरुको १० प्रतिशत प्रतिशत पुग्न लागेका छन् । प्रभु लाइफ इन्स्यारेन्स र गोर्खा फाइनान्सको पनि सेयर मूल्य सर्किट ब्रेक नजिक पुगेको छ ।



source https://www.onlinekhabar.com/2021/01/926016

Post a Comment

0 Comments