Looking For Anything Specific?

Header Ads

बीपी प्रतिष्ठानको कोभिड अस्पतालमा १८ वर्षीय युवकको मृत्यु

२१ पुस, काठमाडौं । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १८ वर्षीय कोरोना संक्रमित युवकको मृत्यु भएको छ ।

उदयपुरको त्रियुगा नगरपालिका-११ का १८ वर्षीय युवकको मृत्यु भएको प्रतिष्ठानको सूचना केन्द्रले जनाएको छ ।

उनमा यही पुस ११ गते कोरोना संक्रमण पुष्टि भएको थियो । सोही दिन उनी प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका थिए ।

कुनै पनि दीर्घ रोग नभएका ती युवकको उपचारको क्रममा मंगलबार बिहान साढे सात बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।



source https://www.onlinekhabar.com/2021/01/921400

Post a Comment

0 Comments