Looking For Anything Specific?

Header Ads

प्रधानमन्त्री ओलीले गरे पशुपतिमा पूजा

१२ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पशुपतिनाथ मन्दिरमा विधिपूर्वक पूजा गरेका छन् ।

पत्नी राधिका शाक्य र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालसहित बिहानै पशुपतिनाथ मन्दिर गएर प्रधानमन्त्री ओलीले पूजा गरेका हुन् ।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले अनलाइनखबरसँग भने, ‘मन्दिरभित्र संकल्पसहित गर्ने पूजा सम्माननीय प्रधानमन्त्रीज्यूबाट भयो ।’

पशुपति मन्दिर क्षेत्रमा प्रधानमन्त्री ओलीले करिब एक घण्टा बिताएका थिए । सो अवसरमा कोषका सदस्य सचिव डा. ढकालले पशुपति क्षेत्रमा भएका, हुँदै गरेका र आगामी विकासका योजनाबारे जानकारी गराएका थिए ।

सदस्यसचिव ढकालले भने, ‘पुनर्निर्माण लगायत यहाँका समसामयिक केही विषयहरुमा मैले जानकारी गराएँ, प्रधानमन्त्रीज्यूबाट स्वाभाविक रुपमा चासो व्यक्त भयो ।’

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पशुपति क्षेत्रमा भएका विकासबारे जानकारी लिन प्रधानमन्त्री ओली पशुपति गएको बताए । ‘विकासका कामबारे हेरिदिन एकदिन आइदिनुपर्ने भन्ने थियो, त्यहीअनुसार आज समय मिलाएर जानु भएको हो,’ थापाले भने ।

पशुपति मन्दिरमा पूजा गरेपछि प्रधानमन्त्री ओली आजै दाङ देउखुरी जाने कार्यक्रम छ । राप्ती नदीमा बनेको पुल उदघाटन र जनसभालाई सम्बोधन गर्न ओली दाङ जाने र आजै काठमाडौं फर्किने प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले जानकारी दिए ।



source https://www.onlinekhabar.com/2021/01/926251

Post a Comment

0 Comments