Looking For Anything Specific?

Header Ads

टोटनहम लिगकपको फाइनलमा

२२ पुस, काठमाडौं । टोटनहम हट्सपर लिग कप (इएफएल कप) को फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको पहिलो सेमिफाइनलमा च्याम्पियनसिप क्लब ब्रेन्टफोर्डलाई २-० ले पराजित गर्दै टोटनहमले फाइनलमा स्थान बनाएको हो ।

घरेलु मैदानमा भएको खेलमा टोटनहमले दुवै हाफमा एक/ एक गोल गरेको थियो । खेलको १२औं मिनेटमा माउसा सिकोले गोल गर्दै टोटनहमलाई अग्रता दिलाएका थिए । ७०औं मिनेटमा हेउन मिन सनले दोस्रो गोल गरे ।

टोटनहमले अब फाइनलमा दुई म्यानचेष्टर क्लबबीचको विजेतासँग खेल्नेछ । म्यानचेष्टर युनाइटेड र म्यानचेष्टर सिटीबीचको दोस्रो सेमिफाइनल बुधबार राति हुनेछ ।

फाइनल खेल अप्रिल २५ मा वेम्लीमा हुनेछ ।



source https://www.onlinekhabar.com/2021/01/921682

Post a Comment

0 Comments