Looking For Anything Specific?

Header Ads

पुनरागमन जितसहित बायर्न शीर्ष स्थानमा

२० पुस, काठमाडौं । माइन्जविरुद्ध पुनरागमन जितसहित बायर्न म्युनिख जर्मन बुण्डेसलिगाको शीर्ष स्थानमा फर्किएको छ ।

घरेलु मैदान एलिएन्ज एरेनामा पहिलो हाफमै दुई गोलले पछि परेको बायर्नले शानदार पुनरागमन जित ५-२ को जित हात पारेको हो । बायर्नको जितमा रोवर्ट लेवान्डोलस्कीले दुई गोल गरे ।

खेलको ३२औं मिनेटमा जोनाथान बुकार्ट र ४४औं मिनेटमा अलेजान्डर हाकले गोल गरेपछि माइन्जले पहिलो हाफमा २-० को अग्रता बनाएको थियो । तर दोस्रो हाफमा अग्रता जोगउन सकेन भने घरेलु मैदानमा बायर्नले पुनरागमन गर्‍यो ।

५०औं मिनेटमा जोसुअ किमीच र ५६औं मिनेटमा लरेय सानेले गोल गरेपछि बायर्नले दवस्रो हाफको १६ मिनेटपछि नै खेल बराबरी गर्‍यो । ७०औं मिनेटमा निकलस सुलेले गोल गर्दै बायर्नलाई ३-२ को अग्रता दिलाए ।

लेवान्डोस्कीले ७६औं मिनेटमा पेनाल्टीबाट व्यक्तिगत पहिलो गोल गरे । ८३औं मिनेटमा लेवान्डोस्कीले अर्को गोल थप्दा बायर्न ५-२ ले विजयी भयो ।

जितपछि १४ खेलबाट ३३ अंक जोड्दै बायर्न शीर्ष स्थानमा फर्किएको हो । समान खेलबाट ३२ अंकसहित आरबी लाइपजिग दोस्रो स्थानमा छ ।



source https://www.onlinekhabar.com/2021/01/921099

Post a Comment

0 Comments