१२ मंसिर, काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचाररत ७६ वर्षीय एक पुरुषको मृत्यु भएको छ ।
मोरङको बेलबारी घर भएका ती पुरुषको गएराति साढे ९ बजे मृत्यु भएको प्रतिष्ठानको सूचना केन्द्रले जनाएको छ ।
डायबिटिज र ब्लड प्रेसरको समस्या रहेका ती पुरुष यही मंसिर २ गते अस्पताल भर्ना भएका थिए । उनमा मंसिर ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
source https://www.onlinekhabar.com/2020/11/911817
0 Comments