Looking For Anything Specific?

Header Ads

कोरोनाका कारण ‘पेरिश फेसन विक’मा सहभागी भइनन् दीपिका

नायिका दीपिका पादुकोण फ्रान्सको राजधानी पेरिसमा आयोजना भैरहेको ‘पेरिस फेसन विक’मा सहभागी हुन जाने कार्यक्रम रद्द भएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण दीपिकाले आफ्नो फ्रान्स यात्रा रद्द गरेकी हुन् ।

उनी फेसन ब्रान्ड ‘लुई वितो’को निमन्त्रणामा फ्रान्स जाने तयारीमा थिइन् । फ्रेवुअरी २४ बाट फ्रान्सको राजधानी पेरिसमा सुरु भएको यो फेसन शो मार्च ३ सम्म चल्नेछ ।

दीपिकाका प्रवक्ताले सार्वजनिक गरेको विज्ञप्तीमा भनिएको छ–‘दीपिका फेसन विकमा सहभागी हुन जाने निश्चित भएको थियो । तर, कोरोना भाइरसको महामारीले फ्रान्समा समेत पकड जमाएकाले उनको यात्रा रद्द गरिएको छ ।’

नायिका पादुकोण नयाँ चलचित्र ‘८३’मा देखिने तयारीमा छिन् ।



source https://www.onlinekhabar.com/2020/03/841201

Post a Comment

0 Comments