Looking For Anything Specific?

Header Ads

सार्क आपतकालीन कोषमा नेपालको योगदानको मोदीले गरे प्रशंसा

८ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड १९) सार्क आपतकालीन कोषमा १० करोड रुपैयाँ जम्मा गर्ने नेपाल सरकारको निर्णयको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गरेका छन् । यो निर्णयका लागि मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति कृतज्ञता व्यक्त गरेका छन् ।

शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले कोषमा नेपालले १० करोड रुपैयाँ योगदान गर्ने घोषणा गरेका थिए

मोदीले त्यसको स्वागत गर्दै भनेका छन्, ‘ओलीजीको यो प्रतिबद्धताले कोरोनाको महामारीविरुद्ध सामूहिक लडाइँ लड्ने सार्क देशहरुको समर्थनलाई दर्शाउँछ ।’

यही चैत २ गते सार्कका राष्ट्र तथा सरकार प्रमुखहरुबीच सामूहिक भिडियो वार्ता हुँदा भारतीय प्रधानमन्त्री मोदीले आपतकालीन कोष घोषणा गर्दै भारतले एक करोड अमेरिकी डलर जम्मा गरेको जानकारी दिएका थिए ।

यो कोषमा सार्क सदस्य देशहरुले स्वेच्छाले रकम जम्मा गर्न र कोरोना विरुद्धको लडाइँमा खर्च गर्न पाउँछन् ।



source https://www.onlinekhabar.com/2020/03/846064

Post a Comment

0 Comments