Looking For Anything Specific?

Header Ads

कोरोना आशंका गरिएका धनुषाका एक युवकको रिपोर्ट नेगेटिभ

९ चैत, जनकपुरधाम । धनुषामा कोरोना संक्रमणको आशंका गरिएका एक युवकको रिपोर्ट नेगेटिभ आएको छ ।

हालै मलेसियाबाट फर्केका जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका–१, रमदैयाका ती युवकलाई जानकी शिक्षण अस्पतालको आइसोलेसन वार्डमा राखिएको थियो ।

उनको रगत र पिसाब जाँचका लागि काठमाडौं पठाएकोमा रिपार्ट नेगेटिभ आएको प्रदेश स्वास्थ्य नर्देशनालयका वरिष्ठ अधिकृत विजय झाले जानकारी दिए ।

‘नमूना संकलन गरी काठमाडौं पठाइएकोमा रिपोर्ट नेगेटिभ आएको छ,’ उनले भने ।



source https://www.onlinekhabar.com/2020/03/846255

Post a Comment

0 Comments